२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

डा.चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गरिने

Nada
२०८३ असोज २४ गते २०:४४
Shares
डा.चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गरिने

काठमाडौं : दक्षिण अस्ट्रेलिया सरकार र स्टडी एडिलेडले वरिष्ठ कृषि इन्जिनियर डा.जीतबहादुर चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गरिने भएको छ । 

ncell

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सूचना अधिकारीसमेत रहेका चन्दले दक्षिण अस्ट्रेलियाका शैक्षिक संस्थाबाट हासिल गरेको शिक्षा र व्यावसायिक क्षेत्रमा गरेको योगदानका आधारमा उक्त सम्मान प्राप्त गर्ने भएका हुन् । 

दक्षिण अस्ट्रेलियाका शैक्षिक संस्थामा अध्ययन गरी उपाधि हासिल गरेका अन्तर्राष्ट्रिय विद्यार्थीको उपलब्धि र योगदानलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड सन् २०२२ देखि प्रदान गर्न थालिएको हो । 

अवार्डका लागि उम्मेदवार छनोट गर्दा करिब २० सदस्यीय निर्णायक मण्डलले विभिन्न आधारमा मूल्यांकन गर्ने व्यवस्था छ । उम्मेदवारले दक्षिण अस्ट्रेलियामा हासिल गरेको शिक्षाले आफ्नो वृत्तिविकासमा पुर्‍याएको योगदान, त्यहाँको समुदायमा गरेको योगदान तथा अस्ट्रेलिया र आफ्नो देशबीच सम्बन्ध विस्तारमा खेलेको भूमिकालाई मूल्यांकनको आधार बनाइन्छ ।

कृषि इन्जिनियरिङ क्षेत्रमा कार्यरत चन्दलाई प्रदान गरिने यस सम्मानले उनको शैक्षिक तथा व्यावसायिक यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर