२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

पहिरोले थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थाल्यो, ठूलो बाढीको जोखिम

Nada
२०८३ असोज २५ गते ०८:१०
Shares
पहिरोले थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थाल्यो, ठूलो बाढीको जोखिम

काठमाडौँ : गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ । 

ncell

आज बिहान ५:३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो। बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो ।

हालसम्म घटनाबाट अन्य क्षति भएको विवरण प्राप्त नभएको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जनाइएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ ।

सम्बन्धित खबर