२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन

Nada
२०८३ साउन २८ गते १२:३७
Shares
यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन

कैलाली : यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ ।

ncell

उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम रु. एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व संकलन गरेको थियो ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु. ५९ करोड ३७ लाख १४ हजार ३८० र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय संकलन भएको छ ।

त्यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत)बाट रु. एक करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्र दस्तुरबाट रु. १६ लाख ७८ हजार २२० रकम संकलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति रु. ३२ हजार १४० रहेको जनाइएको छ ।

सम्बन्धित खबर