२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

पत्रकार किशोर श्रेष्ठ पक्राउ

Nada
२०८३ साउन २७ गते २१:४२
Shares
पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

ncell

एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।

ताजा खबर

सम्बन्धित खबर