२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

जगन्नाथ थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

Nada
२०८३ साउन २७ गते १७:३२
Shares
जगन्नाथ थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । बुधबार प्रदेश संसदीय दलको कार्यालयमा १८ जना सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो । पार्टीको निर्देशनअनुसार दलको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

ncell

थापाको पक्षबाट पूर्वमन्त्रीहरू कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले प्रस्ताव दर्ता गराएका हुन् । यसअघि भक्तपुरको गुण्डुमा हस्ताक्षर संकलन गरिएको र सोही हस्ताक्षर प्रतिनिधिमार्फत दलको सचिवालयमा बुझाइएको बताइएको छ । संसदीय दलको विधानअनुसार दर्ता भएको प्रस्तावमाथि ७ दिनभित्र दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था छ ।

एमाले बागमती प्रदेश संसदीय दलको नेतृत्वबारे केही समययता आन्तरिक विवाद जारी रहँदै आएको थियो । उक्त विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा समेत पटक–पटक छलफल भएको थियो ।

थपलियालाई हटाएर किरण थापामगरलाई संसदीय दलको नेता बनाउने तयारी केही समयअघि नै सुरु गरिएको थियो । गुण्डुमा भएको छलफलका क्रममा थपलिया अस्वस्थ भएपछि तत्काल प्रक्रिया अघि बढाइएको थिएन ।

ताजा खबर

सम्बन्धित खबर