२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा

Nada
२०८३ साउन २४ गते १८:४४
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रस्तुत गरेका हुन् । 

ncell

बैठकको मुख्य एजेण्डाका रूपमा आगामी १५ औँ महाधिवेशनको सन्दर्भमा व्यापक छलफल गर्ने र आवश्यक निर्णय लिने विषयलाई राखिएको छ ।महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

साथै, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ ।

महामन्त्री पौडेलका अनुसार बैठकमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको प्रतिवेदनमाथि संक्षिप्त छलफल गरिनेछ । यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने कार्यसूची रहेको छ । बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने गरी ठोस निर्णय लिइने महामन्त्री पौडेलले बताए । 

तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको छ । ती घटनाहरूको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र सामाजिक सद्भाव सुदृढ बनाउन पार्टीको तर्फबाट आवश्यक रणनीति तय गरिनेछ । सांगठनिक विषयतर्फ सदस्यता व्यवस्थापन केन्द्रीय समितिका निर्णयहरू, जनसम्पर्क समितिका समस्या र अन्य दलबाट काँग्रेसमा प्रवेश गरेकाहरूको व्यवस्थापनका विषयमा पनि बैठकले आवश्यक निर्णय गर्नेछ । 

हाल १३ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको र बाँकी देशहरूमा अधिवेशन गराउने तथा नयाँ देशहरूलाई स्वीकृति दिने प्रस्ताव पनि बैठकमा पेश गरिएको छ । 

बैठकमा प्रदेश सरकारहरूको विकसित राजनीतिक परिस्थिति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान र स्वीकृति लगायतका विविध विषयमा पनि छलफल हुनेछ ।
 

ताजा खबर

सम्बन्धित खबर