२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

Nada
प्रदीप मगर
२०८३ साउन २३ गते ११:४५
Shares
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

सल्यान : सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

ncell

घटनामा संलग्न रहेको आरोपमा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

सम्बन्धित खबर