२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

किन बिदेसिँदै छन् नेपाली नर्स ?

Nada
डा. देवका आचार्य
२०८३ साउन २३ गते ०६:३५
Shares
किन बिदेसिँदै छन् नेपाली नर्स ?

नेपालमा दक्ष नर्सहरू विदेश पलायन हुने क्रम तीव्र बन्दै गएको छ । आकर्षक तलब, काम गर्ने ठाउँमा सुरक्षा, सम्मान र आफ्नो भविष्यको सुरक्षा  देखेपछि उनीहरू विदेश पलायन हुने गरेका छन् । 

ncell

नेपालमा नर्सिङ शिक्षा हासिल गर्न लाखौं रुपैयाँ खर्च गर्नुपर्छ । अध्ययन पूरा गरेपछि अधिकांश नर्सले आफ्नो योग्यता र श्रमअनुसारको पारिश्रमिक पाउन सकेका छैनन् । विशेषगरी निजी अस्पतालहरूमा अझै पनि धेरै नर्सले मासिक १० देखि १२ हजार रुपैयाँ तलबमा काम गर्नुपर्ने अवस्था रहेको छ । यस्तो पारिश्रमिकले दैनिक जीवन धान्नसमेत कठिन हुन्छ । रात–दिन नभनी काम गर्दा पनि नर्सहरूले जस पाएका हुँदैनन् । 

पारिश्रमिक मात्र होइन, कार्यस्थलमा हुने दुव्र्यवहार, कामको बोझले पनि नर्सहरू निरास छन् । वर्षौंसम्म एउटै पदमा काम गर्दा पनि बढुवाको अवसर नपाउने, १८–२० वर्षसम्म एउटै तहमा सीमित रहनुपर्ने अवस्थाले उनीहरूलाई कमजोर बनाएको छ । बढुवाका लागि दुर्गममा जानुपर्ने भन्ने सरकारको नीति छ । नेपालका कतिपय दुर्गम ठाउँमा आजसम्म अस्पताल बनेका छैनन् । बनेका अस्पतालमा पनि दरबन्दी हुँदैनन् । दुर्गममै गएर भए पनि बढुवा हुन्छु भन्दा पनि त्यो सम्भव छैन । 

नेपालमा न कामअनुसारको तलब छ न त सुरक्षा नै । कार्यस्थलमा हुने दुव्र्यवहारले नर्सहरूको मनोबल कमजोर बनाएको छ । आफूभन्दा सिनियरदेखि बिरामीसमेतले उनीहरूको सम्मान गर्दैनन् ।  विदेशमा भने नेपाली नर्सहरूले आफूले नेपालमै गरिरहेको कामको तुलनामा धेरै गुणा बढी तलब, सुरक्षा पाउने गरेका छन् । त्यहीअनुसारको जीवनशैली बाँच्न पाइरहेका हुन्छन् । हामीले चाहेको पनि त्यही त हो नि !  

सरकारले तोकेको तलब दिनुपर्छ भनेर कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाले नर्सको ठाउँमा अनमी वा अन्य तल्लो तहका स्वास्थ्यकर्मीलाई काममा लगाइरहेका हुन्छन् । यसले गर्दा नर्सहरूको माग घट्छ । नेपालको केही अस्पताल यति लापरबाह छन् कि, आइसियुमा समेत नर्सको सट्टा स्वास्थ्यकर्मीलाई काममा लगाइरहेका हुन्छन् ।  

रात्रिकालीन ड्युटीको कुनै भत्ता हुँदैन । आफूमाथि आउने हरेक जोखिन उनीहरूले आफैं उठाउनुपर्छ । विदेशमा नर्स र बिरामीको अनुपात मिलाएर काममा लगाइन्छ । यहाँ त जति बिरामी भए पनि सीमित नर्सले हेर्नुपर्ने हुन्छ । नर्सिङ पढ्ने मात्र हैन पढाउनेलाई पनि नेपालमा राम्रो सेवासुविधा छैन ।

ताजा खबर

सम्बन्धित खबर