
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
खनालको काठमाडौँस्थित डल्लु निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियतासँग जोडिएका विषय तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको जनाइएको छ । भेटका क्रममा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताका सम्भावनाबारे पनि विचार आदान-प्रदान भएको बताइएको छ ।
दुई नेताबीचको भेटलाई पछिल्लो राजनीतिक परिवेशमा विभिन्न राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्यको प्रयासका रूपमा हेरिएको छ । यद्यपि भेटमा भएका अन्य विषयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।