२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

गायिका तामाङको प्रस्तुतिले आभा खमिसमा जमायो माहोल

Nada
अन्जान गुभाजु
२०८३ जेठ १७ गते २१:२९
Shares
गायिका तामाङको प्रस्तुतिले आभा खमिसमा जमायो माहोल

साउदी अरब : साउदी अरबको आभा खमिसस्थित हिमालयन नेपाली रेष्टुरेन्टको आयोजना तथा हातेमालो प्रवासी नेपाली समूहको सहकार्यमा ‘भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना गरिएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका लक्ष्मी स्याङ्तान तामाङको आकर्षक प्रस्तुती मुख्य आकर्षण बनेको थियो । 

ncell

कार्यक्रममा गायिका तामाङले आफ्ना लोकप्रिय तामाङ सेलो तथा लोकदोहोरी गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । उनका गीतसँगै दर्शकहरू नाचगानमा सहभागी बनेका थिए भने कार्यक्रमस्थल लामो समयसम्म उत्साह र उल्लासले भरिएको थियो । 

विदेशी भूमिमा रहेर आफ्नो भाषा, कला र संस्कृतिप्रति मोह राख्ने नेपाली समुदायका लागि लक्ष्मी स्याङ्तान तामाङको प्रस्तुति विशेष उपहार बनेको सहभागीहरूले बताएका छन् । उनले गीतमार्फत नेपालीपन, संस्कृति र मौलिकतालाई जीवन्त बनाउँदै प्रवासी नेपालीहरूको मन जित्न सफल भएकी थिइन् ।

कार्यक्रममा स्थानीय कलाकारहरूले समेत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । तथापि, नेपालबाट विशेष अतिथिका रूपमा सहभागी भएकी लक्ष्मी स्याङ्तान तामाङको प्रस्तुतीले दर्शकको सर्वाधिक ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमले प्रवासी नेपालीहरूबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ । आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याइनेछ ।

ताजा खबर

सम्बन्धित खबर