२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बकर इदको अवसरमा नेपाल मुस्लिम शान्ति समाजले कतारमा शुभकामना आदानप्रदान तथा संस्था विस्तार कार्यक्रम गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १२ गते २१:१२
Shares
बकर इदको अवसरमा नेपाल मुस्लिम शान्ति समाजले कतारमा शुभकामना आदानप्रदान तथा संस्था विस्तार कार्यक्रम गर्ने

दोहा, कतार : नेपाल मुस्लिम शान्ति समाज (शाखा रौतहट, टिम कतार) को आयोजनामा मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा कतारमा बृहत् शुभकामना आदानप्रदान तथा संस्था विस्तार कार्यक्रम आयोजना हुने भएको छ । सन् २०२३ मा स्थापना भई छोटो समयमै प्रवासमा रहेका नेपाली मुस्लिम तथा गैर-मुस्लिम समुदायबिच सामाजिक, सांस्कृतिक र धार्मिक सद्भाव अभिवृद्धि गर्न सक्रिय रहेको यस संस्थाले इदको अवसर पारेर विशेष समारोह तय गरेको हो।  

ncell

कतारमा क्रियाशील रौतहट शाखा र टिम कतारको संयुक्त तत्त्वावधानमा आयोजना हुन लागेको उक्त समारोह आगामी २७ मे २०२६ का दिन कतारको प्रसिद्ध सी किचन प्लाजा मलमा बेलुका ठिक ५ बजेदेखि सुरु हुनेछ । समाज कतार शाखाका संयोजक शेख मेराजका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। संयोजक मेराजले कतारलाई कर्मथलो बनाएका सम्पूर्ण नेपालीहरूलाई एउटै चौतारीमा समेटेर सुख-दुःख साटासाट गर्नु र सामाजिक सद्भावलाई बलियो बनाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए । 

नेपाल एक बहु धार्मिक र बहु सांस्कृतिक मुलुक हो, जहाँ इस्लाम धर्मको इतिहास निकै पुरानो र ऐतिहासिक सद्भावले भरिएको हुदॉ शुक्रवारको गरिमामय समारोहमा कतारमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, भद्र भलाद्मी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर