२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नवलपरासी सेवा समाज कतारको चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ ११ गते १८:३५
Shares
नवलपरासी सेवा समाज कतारको चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार हुने

दोहा, कतार : कतारमा रहेका नवलपरासीवासीहरूको साझा संस्था नवलपरासी सेवा समाज कतारको चौथो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार हुने भएको छ। "आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको यस समाजले कतारको दोहास्थित एसियन टाउन (प्लाजा मल) मा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा उक्त कार्यक्रम गर्न लागेको हो ।

ncell

शुक्रबार दिनको ठिक १२:३० बजेदेखि सुरु हुने यस विशेष समारोहमा संस्थाको चौथो अधिवेशनका साथै नेपाली मौलिक कला र संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने आयोजकले जनाएको छ । कतारमा क्रियाशील विभिन्न नेपाली वैचारिक सहित सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा समाजका अगुवाहरूलाई  उपस्थिति हुन समाजका अध्यक्ष दुर्गा हमालले आग्रह गरेका छन् ।

समाजले कतारमा कर्मथलो बनाई बसोबास गरिरहेका सम्पूर्ण नवलपरासीवासीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनका लागि हार्दिक अनुरोध गरेको छ । अधिवेशनले संस्थाको आगामी नयाँ कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर