२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाइले मनायो स्थापना दिवस

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ ८ गते २१:३७
Shares
स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाइले मनायो स्थापना दिवस

दोहा, कतार : स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाइ कतारको नवौं वार्षिकोत्सव तथा दशौं स्थापना दिवस वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । वक्रा बिचमा आयोजित उक्त विशेष कार्यक्रम बिहीबार राति सम्पन्न भएको हो ।

ncell

इकाइका अध्यक्ष लीलबहादुर रोकाहाको सभाध्यक्षता तथा सहयोग समाज कतारका अध्यक्ष घनश्याम जैसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम करिब राति १० बजे सुरु भई बिहान १ बजेसम्म चलेको थियो । उक्त कार्यक्रममा विभिन्न कलाकारहरूले उत्कृष्ट सांगीतिक प्रस्तुतिहरू पस्किएर उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएका थिए ।

समाज मातहतका विभिन्न इकाइका अध्यक्षहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, कतारमा क्रियाशील स्थापित व्यक्तित्वहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । केही समयअघि नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा एउटा भव्य सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी गरिए पनि मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण उक्त योजना स्थगित गर्नु परेको इकाइले जनाएको छ । 

तर पनि आन्तरिक व्यवस्थापनमा गरिएको यो वनभोज तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका भिरकोटवासी तथा सम्पूर्ण स्याङ्जालीहरूलाई एकै ठाउँमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ । स्थापनाकालदेखि नै कतारमा रहेका नेपालीहरूका बिचमा बलियो एकता कायम गर्दै आएको यस इकाइले प्रवासबाटै आफ्नो गृह जिल्ला तथा भिरकोट क्षेत्रमा विभिन्न प्रभावकारी सामाजिक र मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ । 

अप्ठ्यारोमा परेकाहरूलाई मानवीय सहयोग पुर्‍याउनेदेखि भिरकोटको विकासमा टेवा पुर्‍याउने लगायतका धेरै प्रशंसनीय कामहरूमा इकाइ निरन्तर सक्रिय छ । इकाइले आफ्नो निमन्त्रणालाई स्वीकार गरेर व्यस्तताका बाबजुद उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिने सम्पूर्ण अतिथि, कलाकार, पत्रकार तथा सहयोगी मनहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर