२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

समानान्तर रूपमा रहेका एनआरएनए एनसिसी कतारमा थालियो एकता प्रक्रिया

Nada
तिलु शर्मा पौडेल
२०८२ चैत २८ गते २१:५४
Shares
समानान्तर रूपमा रहेका एनआरएनए एनसिसी कतारमा थालियो एकता प्रक्रिया

दोहा कतार : गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) मा देखिएका धार एकताको महाधिबेशनसंगै टुङ्गिए सँगै एनआरएनए एनसिसिमा रहेका दुई धार एक हुने क्रममा रहेका छन् । यसैक्रममा आइसिसीका मध्यपूर्व उप–संयोजक करिम बक्स मियाँको पहलमा कतारमा समानान्तर रूपमा क्रियाशील दुई एनसीसीबीच एकता गर्ने उद्देश्यले शुक्रवार सॉझ दोहामा विभिन्न बुँदामा महत्त्वपूर्ण तथा घनिभूत छलफल गर्दै एकतामा जानुको विकल्प नरहेको निष्कर्ष सहित टुङ्गिएको छ ।  

ncell

छलफलमा एनसीसी एकताका लागी शुक्रवारैदेखि लागू हुने गरी सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटमार्फत सूचना सम्प्रेषण गर्दा औपचारिक पत्राचार प्रक्रिया अनुसार अध्यक्ष स्तरबाट जारी हुने पत्रहरूमा दुवै अध्यक्षको संयुक्त हस्ताक्षर रहने सहमति भएको छ। साथै, महासचिवबाट जारी गरिने सूचना तथा पत्रहरूमा दुवै महासचिवहरूको संयुक्त हस्ताक्षर रहने गरी प्रकाशन तथा सम्प्रेषण गरिने सहमति गरिएको उल्लेख छ । यसका साथै, एनसीसी कतारको आधिकारिक वेबसाइटमा दुवै पक्षका पूर्ण कार्यसमितिहरूको नामावली अद्यावधिक (अपडेट) गर्ने सहमति बैठकले गरेको छ ।

कतारमा रहेका सङ्घसंस्थाहरूमा एनसीसीको तर्फबाट अपिल पत्र जारी गर्ने सहमति भएको छ ।  अपिल पत्रमा एनसीसीको विभाजनले पारेको प्रभावलाई मध्यनजर गर्दै अब एनसीसी एकताको विकल्प नरहेको निष्कर्षमा बैठक पुग्दै सङ्घ तथा पदाधिकारीहरूले दुई संस्थाबिच एकता गर्ने उद्देश्यका साथ एनसिसि अगाडि बढिरहेको स्पष्ट सन्देश प्रवाह गर्न, कतारका सम्पूर्ण सङ्घ–संस्थाहरूलाई लक्षित गरी दुवै अध्यक्षहरूको संयुक्त हस्ताक्षरित अपिल पत्र जारी गर्ने निर्णय गरिएको छ ।

त्यसतै एनसिसिका सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा दुवै एनसीसीका सामाजिक सञ्जाल (फेसबुक) तथा इ–मेलसँग सम्बन्धित युजरनेम र पासवर्डहरू महासचिवहरूबिच आपसी सहमतिमा सुरक्षित रूपमा आदान–प्रदान गर्ने, र आगामी दिनमा सम्पूर्ण सूचनाहरू एकीकृत रूपमा एउटै आधिकारिक प्लेटफर्मबाट सार्वजनिक गर्ने निर्णय भएको एनसिसि कतारका महासचिव शिव भुजेलले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए।

बैठकको छलफलले  एनआरएनए आइसिसीका नव–निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा आउँदो सोमबार कतारमा आगमन गर्ने कार्यक्रम तय भएकाले उहाँको स्वागत तथा भेटघाट कार्यक्रम दुवै एनसीसीले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरिएको अर्का एनसिसिका महासचिव विवेक पुलामी मगरले बताए ।

एनसीसी एकता गर्ने उद्देश्यले मध्यपूर्व उप–संयोजक मियाँले आह्वान गरेको छलफलमा सर्वसम्मत निर्णय गरिएका सबै सहमतिहरू आजकै मितिदेखि लागू गर्न दुवै एनसीसीलाई निर्देशन दिन निर्णय गरिएको छ । छलफलमा आइसिसीका उपमहासचिव मोहमद मुक्तदा मुसलमान, सचिव रमेश भट्ट, सह कोषाध्यक्ष विमल सुबेदी, सदस्यद्धय झविन्द्र बेल्वासे र मीनराज वाग्ले रहेका थिए । त्यस्तै दुवै एनसिसिका अध्यक्षद्दय कृष्ण पन्थी र पदम गिरी पनी छलफलमा सहभागी भएका थिए ।

uae

सम्बन्धित खबर