२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन नेपाली दूतावासको अनुरोध

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन ३० गते १९:४९
Shares
कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन नेपाली दूतावासको अनुरोध

दोहा कतार : नेपाल जान चाहने नेपालीहरूलाई आवेदन दिन कातरस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो ।

ncell

मध्यपूर्वमा चर्किएका युद्धका कारण साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले दूतावासले उक्त आग्रह गरेको हो । वैध आवासीय अनुमति पत्र अर्थात कतार आइडी भएका नेपाली नागरिकहरूले दोहास्थित अल घराफामा रहेको ईजदान मलमा रहेको तासिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले आग्रह गरेको छ ।

uae

सम्बन्धित खबर