२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

अमेरिकी सरकार आंशिक शटडाउनमा प्रवेश

Nada
२०८२ माघ १७ गते १४:२१
Shares
अमेरिकी सरकार आंशिक शटडाउनमा प्रवेश

काठमाडौंः अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्त्वपूर्ण मतदानमा अवरुद्ध गरेपछि सङ्घीय सरकारले आंशिक शटडाउन घोषण गरेको जनाइएको छ ।  यद्यपि अवरोधहरू भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।

ncell

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरात पछि सटडाउन सुरु भएको जनाइएको छ ।

संघीय अध्यागमन एजेन्टहरूद्वारा मिनियापोलिसमा दुई जना प्रदर्शनकारीको हत्यामा डेमोक्रेटहरूले रिसाएर प्रतिक्रिया दिए पछि सुरक्षा विभागको लागि नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन् ।

यसैबीच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा लागुऔषध तस्कर, बाल शिकारी र मानव बेचबिखन गर्नेहरूलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले शिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गरी बहुमूल्य स्रोतहरू बर्बाद गरिरहेको  बताएका छन् । 

uae

सम्बन्धित खबर