२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

खोटाङ सेवा समाज कतारले २९औं स्थापना दिवस मनाउने

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ १५ गते १८:५३
Shares
खोटाङ सेवा समाज कतारले २९औं स्थापना दिवस मनाउने

दोहा, कतार : खोटाङ सेवा समाज कतारले आफ्नो २९औं स्थापना दिवस मनाउने भएको छ । शुभकामना आदान प्रदानसहित विविध सांस्कृतिक र साहित्यिक माहोलमा समाजले स्थापना दिवस मनाउन लागेको हो ।

ncell

कतारमा स्थापित सामाजिक संघ संस्थामध्येकै जेठो संस्थाले भोलि शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टमा मनाउन लागेको स्थापना दिवसमा अनेसास केन्द्रका सांस्कृतिक विभागका संयोजक कवि तथा गजलकार महेश्वर पन्त आकर्षणका केन्द्र रहने भएका छन् । पन्तसँगै कतारमा रहेर निरन्तर साहित्य साधनामा जुटिरहेका साहित्यकारहरूका रचना वाचन रहनेछ भने विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिए भएका छन् ।

सम्पूर्ण खोटाङवासी तथा कतारमा स्थापित विभिन्न सामाजिक संघ, संस्था, बुद्धिजीवी तथा समाजसेवी कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिन समाजका अध्यक्ष डिल्ली शेर खड्काले आग्रह गरेका छन् । बिहान ११ बजेबाट सुरु हुने स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी समेत पूरा भएको खड्काले मध्यान्ह दैनिकलाई बताए ।

uae

सम्बन्धित खबर