२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मधेश प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ ६ गते १९:३६
Shares
मधेश प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

दोहा, कतार : नेपालको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित मधेश प्रदेशबाट कतारमा आइ बसोबास गरिरहेका नेपालीहरूको साझा सामाजिक संस्था मधेश प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने भएको छ । अगामी शुक्रबार दोहाको फिरिज अब्दुल अजिजमा रहेको घरवा रेस्टुरेन्टको सभा हलमा सुरु हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको परिषद्का अध्यक्ष मोहम्मद नियाज शेखले बताए ।

ncell

दोस्रो अधिवेशनलाई थप मनोरञ्जनात्मक बनाउन कतारमा रहेका केही कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन् । मध्याह्न साढे १२ बजेबाट सुरु हुने अधिवेशनमा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरू अग्रज, बुद्धिजीवीहरू सहित मदेश प्रदेशका सबै जनताहरूलाई समयमै उपस्थितिका लागि समाजले आग्रह गरेको छ ।

मदेश प्रदेशभित्र आठ वटा जिल्ला रहे पनि कतारमा सिराहा जिल्लाका दुई वटा अलग अलग उद्देश्यका समितिसहित ५ वटा अन्य जिल्ला संस्था समावेश छन् । यद्यपि मदेश प्रदेशभित्र विभिन्न सामुदायिक, सांस्कृतिक र सामाजिक गरी करिब ३ दर्जन सस्थाहरु सक्रिय रहेका छन् । “मधेशीहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नारासहित परिषद्को सन् २०२१ मा स्थापना भएको हो ।

uae

सम्बन्धित खबर