२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

जलजला र आर्थरडाडाखर्क समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ ५ गते २१:५९
Shares
जलजला र आर्थरडाडाखर्क समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने

दोहा, कतार : पर्वत जिल्लाबाट वैदेशिक रोजगारी तथा व्यावसायिक सिलसिलामा कतार आएर बसोबास गरेकाहरूमध्ये पर्वत जलजला समाज कतार र आर्थरडाडाखर्क समाज कतारको संयुक्त आयोजनामा पहिलो बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । आगामी शुक्रबार कतारको सरकारी हमाद अस्पतालको नेसनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेबाट सुरु हुने बृहत् रक्तदान कार्यक्रमको तयारी पूरा भएको समाजले जनाएको छ ।

ncell

रक्तदान आफैंमा पुण्यको काम भएको र प्रत्यक्ष पुण्य आर्जनका लागि रक्तदानजस्तो ठुलो दान अर्को नहुने जलजलाका अध्यक्ष देभाराज कार्कीले बताए । उनले रगत अभावले मृत्युसँग लडिरहेका मानिसहरूको जीवन रक्षा गर्नु सामाजिक तथा मानवीय कर्तव्य रहेको बताए । एक पिन्ट रगतले कसैको जीवन रक्षा हुन्छ भने त्यस्तो मानवीय कार्यका लागी सबै एकजुट हुनुपर्ने बताउँदै आर्थरडाडाखर्क समाजका अध्यक्ष राजु जिसीले कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूलाई समयमै उपस्थितिका लागि अनुरोध गरेका छन् ।

 के छ रक्तदानको फाइदा ?

विभिन्न अध्ययन अनुसन्धानहरूले जनाए अनुसार रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ । त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्न नली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ । सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।

१ - रक्तदानको समयमा तीन सय मिली लिटर रगत मात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ ।

२- रक्तदानपश्चात शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ ।  

३ - शरीरमा रातो रक्त कोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।

४- रक्तदान गरेमा सङ्क्रमित रोग समेत पत्ता लाग्छ ।

५- रगतहरूमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति युनिभर्सल डोनर हुन्, अर्थात् उनीहरू जो कसैलाई आफ्नो रगत दान दिन सक्छन् ।

६- एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।

रक्तदान गर्न चाहने रक्तदाताले ध्यान दिनुपर्ने कुराहरू

१. रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्नेछ ।

२. रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ ३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ ।

३. रक्तदाता कम्तीमा ८ घण्टा सुतेको, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।

४. रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी सम्म हुनुपर्नेछ l

uae

सम्बन्धित खबर