
काठमाडौं : कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुुक्ति र खगेन्द्र सुनारको हाम्रो पार्टीबीच एकता हुने भएको छ ।
एकताका लागि तीन दलका नेताहरूबीच छलफल भइरहेको नागरिक उन्मुुक्ति पार्टीका नेता तथा लुुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म चौधरीले बताए ।
उनका अनुसार तीन एकताका लागि आन्तरिक छलफल भइरहेको छ । उनले भने, ‘उज्यालो नेपाल, नागरिक उन्मुुक्ति र हाम्रो पार्टीका नेताहरू सघन छलफल हुनुुहुुन्छ । एकताको टुुंगो छिट्टै लगाइनेछ ।’
यद्यपि सांगठानिक संरचना र त्यसको नेतृत्वको विषमा कुुरा नमिल्दा केही ढिलाइ हुनसक्ने चौधरीले बताए । तर, निर्वाचन अगावै एकता निश्चित भएको उनको भनाइ छ ।
आज (मंगलबार, मंसिर ९) कुलमान घिसिङसहितको बैठक बसेर एकताको टुुंगो लाग्नेछ । एकता टुुंगोमा पुुगे आगामी फागुुन २१ गते हुुने निर्वाचनमा उनीहरूले एउटा पार्टीबाट एउटै चिन्हमा प्रतिस्पर्धा गर्नेछन् ।