
काठमाडौं : जेनजी अभियान समूहले सोमबार दिनभर सम्पर्क खोज्दा पनि प्रधानमन्त्री सुशीला कार्कीले मोबाइल स्विच अफ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री सचिवालयबाट आफन्त र नातेदारको नियुक्ति गरिएको आरोप लगाएपछि उनीहरू सिंहदरबार पुगेका थिए । तर प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल दुवैसँग सम्पर्क नहुँदा उनीहरू निराश भएर फर्किएका हुन् ।
सुशासनको पक्षमा काम गर्न नसकेको भन्दै राजीनामाको मागसहितको ज्ञापनपत्र बुझाउने तयारी भए पनि सम्पर्क नहुने स्थितिमा उनीहरूले सिंहदरबार दक्षिण गेटमै ज्ञापनपत्र टाँसेर फर्किएका छन् ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाउन मिराज ढुुंगाना र सुुप्रिया सिंह ठकुुरीको समूह सिंहदरबार पुुगेको थियो । उनीहरूले प्रधानमन्त्रीले युवासँग सम्पर्क गर्न नचाहनुको कारण सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।