२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

सुर्खेतमा कर्णाली र लुम्बिनीका सञ्चारकर्मीलाई रक्षा संवाददाता अभिमुखीकरण सुरु

shivam cement
२०८२ मंसिर ८ गते १८:०१
Shares
सुर्खेतमा कर्णाली र लुम्बिनीका सञ्चारकर्मीलाई रक्षा संवाददाता अभिमुखीकरण सुरु

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

कर्णाली प्रदेशका ८ र लुम्बिनीका दुई जिल्ला गरी १० जिल्लाका २४ जना सञ्चारकर्मीको सहभागितामा सुर्खेतस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरमा चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण गोष्ठी सोमबारदेखि सुरु भएको उत्तर पश्चिम हेडक्वार्टर सुर्खेतले जानकारी दिएको छ । 

हेडक्वार्टरका अनुसार अभिमुखीकरणमा कर्णालीका डोल्पा, जुम्ला, हुम्ला, दैलेख, मुगु, जाजरकाेट, कालिकोट, सुर्खेत र लुम्बिनीका बाँके र बर्दियाका २४ जना सञ्चारकर्मीको उपथिति रहेको छ । 

उत्तर पश्चिम हेडक्वार्टरका पृत्तनापति दिपेशजंग शाहको प्रमुख आतिथ्यतामा भिमुखीकरण कार्यक्रम उद्घाटन गरिएको थियो । सञ्चारकर्मीहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका र विविध गतिविधिहरूका बारेमा सुसूचित गर्नु अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको पृतनापति शाहले बताए ।

कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई विशेष रूपमा उजागर गरेको थियो । पृतनापति शाहले भदौ २३ र २४ गतेको आन्दोलनका विषयमा अभिमुखीकरणमा समीक्षा र प्रश्न नगर्न पत्रकारलाई आग्रहसमेत गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा प्रमुख सेनानीहरु सञ्जय अधिकारी, वरुण केसी, महासेनानी जिवन कार्की, ज्योति कटवालले पत्रकार आचारसहिंता र अन्य सुरक्षा संवेदनशीलताका विषयमा प्रस्तुति दिएका थिए ।

चार दिनसम्म सञ्चालन हुने यस अभिमुखीकरणमा नेपाली सेनाको सहायक भूमिका, संरचना, नियमित गतिविधि, वर्तमान सुरक्षा परिवेशलगायतका विषयमा जानकारीमूलक प्रस्तुतीकरण हुने जनाइएको छ । साथै सहभागी सञ्चारकर्मी र स्रोत व्यक्तिबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिक्रिया आदान–प्रदानका सत्रहरू समेत समावेश गरिएको निर्देशनालयले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर