२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

प्रमुख स्वकीय सचिवबारे प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण- थर मिलेकै आधारमा प्रचार

shivam cement
२०८२ मंसिर ८ गते १३:२५
Shares
प्रमुख स्वकीय सचिवबारे प्रधानमन्त्रीको सचिवालयको प्रष्टीकरण- थर मिलेकै आधारमा प्रचार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठमाथि लागेका आरोपबारे सचिवालयले प्रष्टीकरण दिएको छ । उनीमाथि परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको आरोप लागेपछि जेनजी नेता रक्षा बमलगायतले बर्खास्त गर्न माग गरेका छन् ।

श्रेष्ठ विवादमा तानिएपछि प्रधानमन्त्रीको सचिवालयले प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको भन्दै बचाउ गरेको हो । कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलको दाबी छ । 

‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ’, उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ ।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको पनि दाबी गरिएको छ । 

‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर