२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

रास्कोटमा एसइई लक्षित आवासीय पढाइ सुरु

shivam cement
कमल कुमाल
२०८२ मंसिर ८ गते १७:५४
Shares
रास्कोटमा एसइई लक्षित आवासीय पढाइ सुरु

रास्कोट : कालीकोटको रास्कोट नगरपालिकामा रहेका चार वटै माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी प्रभावकारी बनाउन मंसिर पहिलो सातादेखि निरन्तर आवासमै बसेर कक्षा सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख खेमराज शाहीले जानकारी दिए ।

नगरपालिकाअन्तर्गत श्री बडिमालिका मा.वि स्यूना, श्री मोतिराम मा.वि सिपखाना, श्री जनजागृति मा.वि र श्री कालिशिल्ला मा.वि मा आवासीय पठनपाठन औपचारिक रूपमा सुरु भएको हो ।

कार्यक्रममार्फत विद्यार्थीलाई मुख्य विषयको दोहोरो अभ्यास, प्रश्नपत्र समाधान, परामर्श तथा अनुशासित वातावरणमा अध्ययन सुविधा प्रदान गरिएको विद्यालय स्रोतले जनाएको छ ।

शिक्षकहरूले दैनिक पाठ्यक्रमअनुसार पुनरावृत्ति, कमजोर पक्ष पहिचान तथा अभ्यास–आधारित सिकाइलाई प्राथमिकतामा राखेर कक्षा सञ्चालन गरिरहेका छन् ।

अभिभावक र स्थानीय तहले समेत यसलाई विद्यार्थीको शैक्षिक सुधारका लागि महत्वपूर्ण पहलका रूपमा लिएको नगर प्रमुख धर्मराज शाही पाेषणले बताए । सिकाइ कार्यक्रम निरन्तर जारी रहने र यसले विद्यार्थीको नतिजामा उल्लेखनीय सुधार आउने विश्वास लिइएकाे छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर