२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

कांग्रेस इतरका नेता शीतल निवास पुुगे किन ?

shivam cement
२०८२ मंसिर ८ गते १६:११
Shares
कांग्रेस इतरका नेता शीतल निवास पुुगे किन ?

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतरका नेताहरू शीतल निवास पुुगेका छन् । 

आज (मंसिर ८, सोमबार) शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र लुुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुन लगायतका नेताहरू राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुुगेका हुन् । 

उनीहरूले राष्ट्रपति पौडेलसँगको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र कांग्रेस महाधिवेशनबारे छलफल गर्ने स्रोतले बताएको छ । यतिबेला कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशन गर्नेबारे संस्थापन र इतरपक्षबीच विवाद गहिरिँदै गएको छ । 

संस्थापन नियमित महाधिवेशनको पक्षमा उभिँदै आएको छ भने इतरपक्षले विशेष महाधिवेशन गर्नुपर्ने अडान कायमै राखेको छ । यसबारे राष्ट्रपति पौडेल र नेताहरूबीच छलफल हुने बताइएको छ । 
राष्ट्रपति कांग्रेस पृष्ठभूमिका हुन् । 

महाधिवेशन विवाद समाधानका लागि कांग्रेसले यही मंसिर ११ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर