२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

निर्वाचनका लागि दलका शीर्ष नेतासँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री

shivam cement
२०८२ मंसिर ८ गते १४:४५
Shares
निर्वाचनका लागि दलका शीर्ष नेतासँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) को वातावरण तयार गर्न प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँग संवाद प्रक्रियामा अघि बढेकी छन् । 

प्रधानमन्त्रीसँग भेट वार्ताका लागि दलका दोस्रो तहका नेता तथा नागरिक समाजका व्यक्तिहरूले सक्रिय पहल गरिरहेका छन् । तर, कुन–कुन दलका शीर्ष नेतासँग कुराकानी हुने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।  

यसै विषयमा छलफल जारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । एकैसाथ भेट्ने कि छुट्टाछुट्टै वार्ता गर्ने भन्नेबारे पनि परामर्श चलिरहेको बताइएको छ । 

प्रधानमन्त्री कार्कीले यही साताभित्रै शीर्ष नेताहरूलाई औपचारिक निम्तो पठाउन सक्ने स्रोतको दाबी छ । मिति भने तय भइसकेको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर