२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

अध्यक्ष श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुने पक्का भएसँगै जसपा विभाजन 

shivam cement
२०८२ मंसिर ७ गते १७:५५
Shares
अध्यक्ष श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुने पक्का भएसँगै जसपा विभाजन 

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन् । समाहित हुनेमा जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेतसहित दुर्गामणि देवान, डा.पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु छन् । 

जेनजी आन्दोलनपछि एकीकरण, मोर्चाबन्दी र तालमेलबारे निर्णय गर्न कार्यकारिणीलाई जिम्मा दिइए पनि बैठक नै नबोलाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । प्राप्त उपलब्धि जोखिममा परेको परिस्थितिमा विचार मिल्ने राजनीतिक शक्तिसँग एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत पत्रमा उल्लेख छ । 

यसै आधारमा उनीहरूले आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणको दिशामा अघि बढ्ने निर्णय गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर