
काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
मंगलबार एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका हुन् । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।
यता आजै एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।