२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ४ गते १३:५३
आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट : यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरुको उपचार गर्न थालिएको छ । 

गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो । अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ ।

अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ । अस्पताल स्तरवृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो । 

गत वर्ष बहिरङ्ग सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए । पछिल्लो तीन महिनामा २९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् ।   

अस्पतालमा प्यारालाइसिस, नसा च्यापएको, हाडजोर्नी, ग्याष्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थालेको छ । त्यसैगरी पञ्चकर्म, पूर्वकर्म, छारसुत्र सर्जरी, अकुपञ्चर र चिकित्सकीय योगलगायतको सेवा प्रदान गर्दै आएको छ । 

अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जनाएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise