काठमाडौं : नेपाली कामदारलगायतलाई छुरा प्रहार गर्ने एक भियतनामी नागरिकलाई मलेसियाको एक अदालतले २० हजार रिंगेट जरिमाना र आठ महिनाको जेल सजाय सुनाइएको छ ।
मलेसिया मजिस्ट्रेट अदालतले पाँच वटा छुट्टाछुट्टै आरोपमा दोषी ठहर गरेपछि भियतनामी पुरुष ३६ वर्षीय न्गुयेन मिन्ह होआलेलाई उक्त सजाय सुनाएको मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेको छ ।
उनले नेपाली कामदारसहित दुई पुरुष र ११ महिनाको बच्चालाई चक्कुले हानेर चोट पुर्याएका थिए । झगडाको क्रममा उनले चक्कु प्रयोग गरेर एक शिशुलाई चोट पु¥याउने प्रयास गर्दा बच्चाको सुरक्षाका क्रममा नेपालीलाई पनि छुरा प्रहार गरेका थिए ।
ओभरस्टे भई मलेसियामा बसेका ती भियतनामी नागरिकमाथि सुपरमार्केटबाट १८० रिंगेट मूल्यको झिंगा, गंगटा, क्ल्याम, सेन्कारु माछा र कुखुरा चोरी गरेको अभियोग पनि समावेश रहेको समाचारमा उल्लेख छ ।