२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

१३ महिनापछि प्रधानमन्त्रीलाई भारतको निम्तो

shivam cement
अस्मिता बम
२०८२ भदौ २ गते ०६:२५
१३ महिनापछि प्रधानमन्त्रीलाई भारतको निम्तो

काठमाडौं : प्रधानमन्त्री बनेको १३ महिनापछि भारतले औपचारिक निमन्त्रणा दिएसँगै केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण छिमेकी मुलुक भारत जाने परम्परा भए पनि प्रधानमन्त्री ओली पहिलो भ्रमण चीन गएका थिए ।  

संसदका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यसँगै एमाले अध्यक्ष ओली २०८१ असार ३० मा प्रधानमन्त्री बनेका थिए । भदौ ३१ देखि असोज २ सम्म हुने ओलीको भारत भ्रमणका लागि भारतीय पक्षले आइतबार आधिकारी निमन्त्रण पठाएको हो ।  

भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तो लिएर भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमणमा आएका थिए । आइतबार नेपाल आएका मिस्रीले उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् । उनले प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न दलका शीर्ष नेतासँग तीव्र गतिमा आइतबार नै भेटवार्ता गरेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेट गरेका छन् । 

भेटमा मिस्रीले प्रधानमन्त्री ओलीलाई आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणको औपचारिक निम्ता दिए ।  मिस्रीले नेपालमा गरेको उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको बताएका छन् । 

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि आधिकारिक रूपमा ओलीको भ्रमण कार्यतालिका भने सार्वजनिक भएको छैन । प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्दै विकास आयोजनाहरूका विषयमा थप सहकार्य विस्तार हुन सक्ने अपेक्षा गरिएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण नेपालको हितमा हुनेछ । नेपालले विगतमा राख्दै आएका एजेण्डा, भारतसँग भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ । नेपाल र भारतबीच भएका सीमा सम्बन्धी छलफलका विषय समेत दुई देशका बीचमा हुने उच्च स्तरीय भ्रमणमा छलफल हुनेछन् । 

ADV

सम्बन्धित खबर

Advertise