नयाँदिल्ली : भारतकाे गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरकाे आइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनाेहरकाे निधन भएकाे जानकारी दिएका हुन् । उनी लामाे समयदेखि पेटकाे क्यान्सरबाट पीडित थिए ।
पर्रिकरकाे निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शाेक व्यक्त गरेका छन् । भाजपाका नेता मनाेहर केही समय भारतकाे रक्षामन्त्री पनि बनेका थिए । तर गाेवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गाेवाकाे मुख्यमन्त्री बनेका थिए । उनी गाेवामा लामाे समयदेखि मुख्यमन्त्री पदमा रहेका छन् । उनलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies