बझाङ : बझाङको सदरमुकाम चैनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार जयपृथ्वी नगरपालिका १० चैनपुरमा सुर्मा गाउँपालिका १ घर भएका ३६ बर्षिय धर्क बोहरा मृत फेला परेका हुन् । मृतक बोहराको टाउँकोमा चोट रहेको छ ।
घटनाको बारेमा स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । यसरी सदरमुकाम चैनपुरमा यो साता चोरी तथा हत्याका घटनामा बृद्घि भइरहेको स्थानियहरुको भनाइ छ ।
बजार क्षेत्रमा युवको शव फेला परेपछि घटनास्थलमा स्थानियको भिड लागेको छ । घटनाको छानविन गर्न घटनास्थलमा प्रहरी पठाइसकेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies