२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

पूर्वी नेपालमा धान रोपाइँमा ढिलाइ

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते २१:२९
पूर्वी नेपालमा धान रोपाइँमा ढिलाइ

काठमाडौं : आकाशे पानीको भर पर्दा पूर्वी नेपालमा रोपाइँ हुन सकिरहेको छैन । प्रयाप्त सिँचाइको व्यवस्था नहुँदा आकाशे पानीबाट किसानहरूले धान रोपाइँ गर्ने गरेका छन् । मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँको लागि वर्षाको पानी नै भर पर्नु पर्ने अवस्था छ । 

असार महिनालाई ‘मानो रोपेर मुरी फलाउने महिना’ को रुपमा हेर्ने गरिएपनि असारको अन्तिम समयसम्म देशभर ५९ प्रतिशत मात्र रोपाइँ भएको छ । अझै ४१ प्रतिशत खेतियोग्य जमिनमा रोपाइँ हुन बाँकी रहेको कृषि विभागले जनाएको छ । 

विभागका अनुसार १५ दिन अघि २३ असारमा १५.६ प्रतिशत रोपाइँ भएको थियो भने २९ असारसम्म ५९ प्रतिशत रोपाइँ भएको छ । पछिल्लो १५ दिनमा ४४ प्रतिशत रोपाइँ भएको छ । 

असार २९ गतेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा हेक्टर धान रोपाइँ हुने जमिनमध्ये १ लाख ६३ हजार ९ सय ९३ रोपाइँ भएको छ  । सुदूरपश्चिममा ९३.१ प्रतिशत रोपाइँ भएको छ । यस्तै २९ असारसम्म कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत, लुम्बिनी ७३.७८ प्रतिशत, गण्डकीमा ६६.९९ प्रतिशत र बाग्मतीमा ७६.३१ प्रतिशत धान रोपाइँ भएको छ । 

तर, पूर्वी नेपालमा दुई प्रदेश कोशी र मधेश प्रदेशमा भने गत वर्षको सोही अवधिको तुलनामा कम रोपाइँ भएको छ । यस्तै, धान खेतीका लागि उर्वर मानिने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । 

कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर जमिन मध्ये ४१.३२ प्रतिशत अर्थात १ लाख १४ हजार २ सय ११ हेक्टरमा मात्र रोपाइँ भएको छ । मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल भएपनि २९ असारसम्म  ३३.७८ प्रतिशत अर्थात  १ लाख २५ हजार ८ सय ८८ हेक्टरमा रोपाइँ भएको छ । 

कृषि विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा कुल १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise