२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सिँचाइ अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

Nada
इसत्याक अहमद
२०८२ असार २९ गते २२:३५
Shares
सिँचाइ अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

रौतहट : सिँचाइ सुविधाको अभावका कारण बारा र रौतहटका किसानहरू समस्यामा परेका छन् । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ, भने रोपेका धानका बिरुवा पनि सुक्ने अवस्था पुगेको  किसानहरूले गुनासो गरेका छन् । 

ncell

प्रत्येक निर्वाचनका बेला नेताहरूले सिँचाइ, मल र बीउको व्यवस्था गर्ने आश्वासन दिएपनि चुनावपछि ती वाचा पूरा नहुने गरेको स्थानीय किसानहरूको गुनासो छ । 

‘चुनावका बेला खोला फर्काउने वाचा गर्छन्, अहिले खेतमा पानी छैन,’रौतहटका एक किसानले भने,‘हामी भोट फिर्ता माग्न सक्दैनौं, तर अब भोट दिएर के पाइन्छ भन्ने सोच्न थालेका छौं ।’ यी क्षेत्रका प्रमुख सिँचाइ परियोजनाहरूमा ढिलाइ, नहरहरूको मर्मत नहुनु र सरकारको ध्यान नपुग्नुले किसानहरूमा निराशा र आक्रोश बढ्दै गएको छ । 

सम्बन्धित खबर