२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बजेटबारे आवश्यक छानबिनका लागि गठित कार्यदल पुनर्गठन

Nada
२०८२ असार २९ गते ०८:२५
Shares
बजेटबारे आवश्यक छानबिनका लागि गठित कार्यदल पुनर्गठन

जनकपुर : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न बिहीबार गठित कार्यदल पुनर्गठन गरिएको छ ।

ncell

बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो । शनिवार प्रदेश सभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गरे । 

समितिको सदस्यमा सत्ता पक्षबाट नेपाली काँग्रेसका मोहम्मद समिम, जङ्गीलाल राय, नागेन्द्र साह, एमालेका सारदादेवी थापा, जनमत पार्टीका चन्दन सिंह, शम्भु साह र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) नेपालकी रमिता प्रधान रहेकी छन् । 

यस्तै, विपक्षी दलहरूका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सदस्य रहेकी छन् ।

समिति पुनर्गठनसँगै मधेस प्रदेश सभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । यहाँ विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए ।

विपक्षीको माग सम्बोधन गर्न आवश्यक छानबिनका लागि भन्दै बिहीबार सभामुख मण्डलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएपछि विपक्षी दलले अस्वीकार गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर