२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

‘अजमेरा फेशन इन्डिया’ अब नेपालमै, फ्याक्ट्री रेटमा सामान पाइने

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १५:११
‘अजमेरा फेशन इन्डिया’ अब नेपालमै, फ्याक्ट्री रेटमा सामान पाइने

काठमाडौं : भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फेशन इन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट विधिवत बिक्री सुरु गरेको छ । 

मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन् । नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लाबाट उत्पादनको बिक्री सुरुवात गरेको हो । 

यहाँबाट ग्राहकहरूले भारतकै फ्याक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भारतमा १९९२ मा स्थापना भएको कम्पनी कम्पनी हो । १ लाखभन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार विस्तार गरेको छ, साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ। 

नेपालमा ठूलो संख्यामा ग्राहक रहेपनि विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकाले अजमेरा फेशनले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा.लि. रहेको छ । जसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन् ।

चन्दले प्रीफ्याब प्यानल नेपाल, ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात) र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन् ।

ब्लक बुल गार्मेन्ट ट्रेडिङ को माध्यमबाट अब नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि सर्टिङ, सुटिङलगायतका सम्पूर्ण कपडा उपलब्ध हुने जनाइएको छ ।

उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै राजस्व तिरेर कानुनी रूपमा आयात गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको नेपाल आगमन प्रक्रिया संयोजन पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन् । शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनी सदस्य हुन् । समूहको सामाजिक सञ्जाल विस्तारमा शर्माको अनुभवी संलग्नताले यस ब्राण्डलाई नेपालको बजारमा अझ प्रभावकारी उपस्थिति दिलाउने विश्वास लिइएको छ ।

त्यस्तै, कम्पनीको जनसम्पर्क तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउनका लागि प्रवक्ता तथा जनसम्पर्क अधिकारीका रूपमा अमरबहादुर चन्द रहेका छन् ।

कम्पनीको नेपालस्थित सम्पर्क कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरबाट ग्राहकहरूले भारतकै फ्याक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, जसमा केबल ढुवानी खर्च र भन्सार महसुल मात्र थपिने व्यवस्था गरिएको छ ।

ब्लक बुल गार्मेन्ट ट्रेडिङको यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न र पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise