काठमाडौं : मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले विभिन्न क्षेत्रलाई सहयोग गरेको छ । फाइनान्सले आफ्नो विभिन्न शाखाहरू मार्फत् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका कार्यक्रमहरू गरेको हो ।
बुटवल शाखामार्फत् प्रारम्भ गरेको कार्यक्रम, बिरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ । फाइनान्सको पोखरा शाखाले अमोर बालगृहलाई एक लाख बराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।
मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ । त्यस्तै, धरान शाखाले पनि धरानमा अवस्थित पन्चकन्या तथा सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्री वितरण गरेको जनाएको छ ।
साथै फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना विभिन्न शाखाहरूमार्फत् फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पूरा गर्दै आएको जनाएको छ ।