काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउँदै छ । गएको शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगर सभा आह्वान गरिएको छ ।
उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह बालेनले नगर सभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।
लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो ।
महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । शुक्रबार नै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो ।