२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

भारतको मध्य प्रदेश–यूएई–नेपाल त्रिकोणीय सहकार्यका लागि दुबईमा उच्चस्तरीय संवाद

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते २२:०७
भारतको मध्य प्रदेश–यूएई–नेपाल त्रिकोणीय सहकार्यका लागि दुबईमा उच्चस्तरीय संवाद

यूएई : मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले दुबईमा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अलयाम्म र नेपाली नागरिक रिजवान आलमलाई भेट गरेका छन् । नेपाली नागरिक आलम एचआरएच राजकुमार सलमान बिन फैसल अल साउद इन्भेस्टमेन्ट एलएलसीका संस्थापक र महानिर्देशक हुन् ।

भारत–खाडी संसदीय र लगानी साझेदारीमा त्रिपक्षीय संवादका अवसरमा उक्त भेटघाट र छलफल भएको हो । मध्य प्रदेशका मुख्यमन्त्री डा. यादवले मध्य प्रदेश ग्लोबल डायलग २०२५– यूएई संस्करणको एक भागको रूपमा दुबई भ्रमणका क्रममा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल्याम्महीसँग भेट गरे । बैठक नवीकरणीय ऊर्जा, खनिज, कृषि, खाद्य प्रशोधन र सांस्कृतिक आदानप्रदानमा रणनीतिक साझेदारीलाई बढावा दिने कुरामा केन्द्रित रहेको थियो ।

सो अवसरमा समृद्ध सम्पदा, फस्टाउँदो उद्योग र असीम लगानी सम्भावनाका लागि परिचित भारतको मध्य प्रदेशको भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिइएको थियो । मध्य प्रदेशले आफ्नो विश्वव्यापी उपस्थितिलाई बलियो बनाउने बताएको छ ।

यो बैठकलाई भारतको राज्य महत्वाकांक्षालाई खाडी र अरब संसद्सँग आर्थिक सहयोग र पारस्परिक समझदारीलाई बढावा दिने अवसरका रूपमा लिइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री डा. यादवले भने ‘हामी यो उच्चस्तरीय संवादलाई सहज बनाउन पाउँदा सम्मानित छौं । दिगो विकास र संसदीय साझेदारीप्रति हाम्रो साझा प्रतिबद्धताले प्रभावकारी परियोजनाहरूलाई अगाडि बढाउनेछ ।’

त्यस्तै एचआरएच राजकुमार सलमान बिन फैसल अल साउद इन्भेस्टमेन्ट एलएलसीका संस्थापक एवं म्यानेजिङ डाइरेक्टर रिजवान आलमले मुख्यमन्त्री डा. यादवलाई आतिथ्य गर्नु सम्मानको कुरा भन्दै छलफलले आर्थिक सहयोग र दिगो विकासको साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको बताए । उनले आफू मध्य प्रदेशको प्राथमिकता परियोजनाहरूमा खाडी मुलुकको लगानीलाई सहजीकरण गर्न तत्पर रहेको बताए ।

अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अलयाम्महीले पनि अरब संसद् विधायकी सञ्जालहरूलाई बलियो बनाउन र दुवै मुलुकका जनतालाई फाइदा पुग्ने आर्थिक पहलहरूलाई समर्थन गर्न तयार रहेकोे बताए ।

ADV

सम्बन्धित खबर

Advertise