२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिबीफीनद्वारा मौद्रिक नीतिको स्वागत

Nada
२०८२ असार २९ गते २१:३२
Shares
सिबीफीनद्वारा मौद्रिक नीतिको स्वागत

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सीबीफीनले मौद्रिक नीतिको स्वागत गर्दै यसले दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणतर्फ स्पष्ट मार्गचित्र कोरेको बताएको छ ।

ncell

सीबीफीनले हालको आर्थिक एवं वित्तीय चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै नीति निर्माणमा अवलम्बन गरिएको सन्तुलित, समयसापेक्ष र उदार दृष्टिकोणले बैंकिङ क्षेत्रको मनोबल र आत्मविश्वास उकास्ने काम गरेको उल्लेख गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरू पुँजीकोषको दबाबमा रहेको अवस्थामा, मौद्रिक नीतिले कर्जा विस्तार सहज बनाउने, वित्तीय स्थायित्व कायम गर्ने र कर्जा व्यवस्थापनमा लचकता ल्याउने सकारात्मक संकेत दिएको सीबीफीनको भनाइ छ ।

साथै, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिमा भइरहेको वृद्धिलाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि ऐन तथा नियम निर्माण प्रक्रिया अगाडि बढाउनु, आवासीय कर्जा तथा शेयर धितो कर्जाको सीमा वृद्धि, चालु पुँजी कर्जाको लचिलो मार्गदर्शन लगायतका प्रावधानलाई सिबिफिनले सुधारमुखी कदमका रूपमा मूल्यांकन गरेको छ । यसबाहेक, ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रमको व्यावहारिक कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारण रणनीति, लघु तथा साना व्यवसायमा कर्जा सहजीकरणजस्ता विषयले वित्तीय प्रणालीको सुधारमा टेवा पुर्‍याउने विश्वास परिसंघले व्यक्त गरेको छ ।

सीबीफीनले दिगो बैंकिङ विकासका लागि लगानी प्रवद्र्धन, युवा जनशक्तिको परिचालन, उत्पादनमूलक उद्यमको प्रवद्र्धन, हरित लगानी र नवप्रवर्तनको विकास जस्ता बुँदामा केन्द्रित थप सुझावहरू पनि मौद्रिक नीतिमा समेटिनुपर्ने बताएको छ । ती सुझावहरू आगामी निर्देशन र समीक्षा प्रक्रियामार्फत् सम्बोधन हुने अपेक्षा पनि सीबीफीनले व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर