२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

shivam cement
२०८२ वैशाख ३१ गते १२:४२
Shares
बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

काठमाडौंः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरे ।

उनले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरीमा बुझाउनुपर्ने धारणा राखे । उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गरे । उाले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने जिकिर गरे।

उनले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु भने, पहिलो नेपाल भन्ने देशलाई साँच्चिकै माया गर्ने हो, यसको स्वाधीनताको रक्षा गर्ने हो, यसलाई सबैको साझा देश बनाउने हो, तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ । आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौँ भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठीक ढङ्गले बुझाउन सकेनौँ । एकातिर, यसको औचित्य, महत्व र गरीमा बुझाउन सकेनौँ । अर्कोतिर यो देश बन्छ, हामी भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन् । हाम्रो नि गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गरौँ । सङ्घीयता भनेको लोकतन्त्रको अभिन्न अङ्ग हो । सङ्घीयतालाई जति बलियो बनायो, उति नै लोकतन्त्र बलियो हुन्छ । देश समृद्ध बन्छ ।’

उनले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर