२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने

shivam cement
२०८२ कार्तिक १८ गते ०७:४१
Shares
कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने भएको हो । 

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन् । सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो ।

महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् ।

आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर