२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

पूर्वप्रधानमन्त्रीद्वय खनाल र ओलीबीच भेट, पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल

shivam cement
२०८२ कार्तिक १९ गते ०७:५५
Shares
पूर्वप्रधानमन्त्रीद्वय खनाल र ओलीबीच भेट, पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच गुण्डुमा भेटघाट भएको छ ।

खनाल आफ्नी जीवनसंगिनी रवी लक्ष्मी चित्रकारको उपचारका क्रममा ओलीले देखाएको सद्भावका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन गुण्डु पुगेको बताइएको छ । भेटका क्रममा दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य कुराकानी भएको खनालका प्रेस सहयोगी मिलन उपाध्यायले जानकारी दिए ।

यो भेट पूर्णत: व्यक्तिगत सद्भावका रूपमा भएको भन्दै उपाध्यायले भेटलाई लिएर सञ्चारमाध्यममा आएको केही भ्रमपूर्ण समाचारहरूप्रति ध्यान नदिन अनुरोध गरेका छन् । 

त्यस्तै, पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस सहयोगी उपाध्यायले जानकारी गराए ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर