२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : राम कार्की

shivam cement
२०८२ कार्तिक १८ गते १५:२६
Shares
हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : राम कार्की

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाइ छ ।

केही नेताहरूका लागि पार्टीहरू भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघटित भइसकेको उनले बताए । उनले जेनजी युवाहरूको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठुलो पदमा पुगेको बताउँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए ।  

नेता कार्कीले आफूहरूले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरे । उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजवादी संगठन निर्माण गर्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर