२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सरकारको प्रस्ताव : आमाको नामबाट नागरिकता

Nada
अस्मिता बम
२०८१ माघ १६ गते ०६:२५
Shares
सरकारको प्रस्ताव : आमाको नामबाट नागरिकता

काठमाडौं : सरकारले आमाको नामबाट नागरिकता जारी गर्ने गरी ऐन संशोधन प्रस्ताव गरेको छ । गृहमन्त्री रमेश लेखकले बाबुको पहिचान खुलाउन नचाहेको खण्डमा त्यसअनुसार नागरिकता जारी गर्न सक्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव अगाडि बढाएका हुन् । 

ncell

यद्यपि, नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ । प्रस्तावित विधेयक अनुसार कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सक्नेछन् । 

‘...नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रस्तावित विधेयकले मूल ऐनको दफा ८ संशोधन गर्न लागेको हो । मूल ऐनको दफा ८ मा नागरिकताको प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने व्यवस्था छ ।

उपदफा १ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने १६ वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारी निवेदन दिनु पर्ने व्यवस्था छ ।

यहीँनेर थप व्यवस्था गरेर सरकारले कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यसअनुसार नागरिक दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो ।

त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा छ ।

प्रचलित ऐन अनुसार बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र सहित नागरिकताका लागि निवेदन दिनुपर्ने हुन्छ ।

तर, सरकारले बाबुको नाम उल्लेख गर्न नचाहेको खण्डमा त्यसअनुसार नागरिकता दिनुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरेको हो ।
यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन । जसका बाकारण एकल आमाले हुर्काएका सन्तान, बाबुको पहिचान नभएका तर शैक्षिक प्रमाणपत्रमा नाम भएकाहरू समस्यामा थिए । 
 

ताजा खबर

सम्बन्धित खबर