२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

पाँच मुक्तक

shivam cement
२०८१ असार १ गते ०६:३०
पाँच मुक्तक

–जमुना कायस्थ


जीवनमा सद्गुण आकलन गरेको छु
सबै सिद्ध मार्ग मैले पालन गरेको छु 
धार्मिक न्यायपूर्ण आचरण सिमा भित्र 
मैले सकेको सुसमाचार पन छरेको छु ।।


विधिको विधान नम्रतामा छानेको छु
कर्मठ योद्धा तयार हुन नि जानेको छु
अहंकारी ले थिचोमिचो गर्न नपाउन
निधीको दायरा सिद्धान्त मानेको छु ।।


मेरा आँखा चहकिला नगर्न सक्छ
प्रभुमा समर्पित भएर ठहर्न  सक्छ 
धार्मिक प्रतिज्ञा को प्रतीक्षा गर्दा गर्दै
मेरा भाषा गहकिला भै सर्न सक्छ ।।


प्रभुको समर्पणमा दास हुँ
आस्थाको विरुद्ध नास हुँ
व्यवस्था भंग गर्नेलाई फण
शत्रुको लागि सधैँ खास हुँ ।।


बेला भएको छ जस्तो लाग्छ अब
हेर्न झुटा ढलेको कस्तो लाग्छ अब
दुःखदायी क्षेत्रमा लड्खडाउने सबै 
खेला गएको छ सस्तो लाग्छ अब ।।

ADV

सम्बन्धित खबर

Advertise