२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित

Nada
२०८३ असोज ६ गते ११:४६
Shares
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । 

ncell

सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । 

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अंकले पराजित भएको हो ।

 खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परयो । 

नेपालले दुवै हाफमा कूल ४३ अंक बनाउँदा पाकिस्तानले ५८ अंक जोड्दै १५ अंकको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ । 

ताजा खबर

सम्बन्धित खबर