२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो सम्पन्न, ८० हजारले गरे अवलोकन

Nada
२०८३ असोज ४ गते २०:५१
Shares
नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो सम्पन्न, ८० हजारले गरे अवलोकन

काठमाडौं : भृकुटीमण्डपमा असोज १ गतेदेखि सुरु भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो सम्पन्न भएको छ ।  प्रदर्शनीमा करिव ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

ncell

समापनका कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति ई. आशिष गजुरेलले विज्ञता, अनुभव र निर्णय क्षमताको सदुपयोग गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए । ‘सरकार एक्लैले लगानी गरेर देश विकास सम्भव छैन, निजी क्षेत्रलाई पनि सँगै लिएर जानुपर्छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले घरजग्गा व्यवसायमा कायम हदबन्दीको व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताएका छन् । हदबन्दीका कारण घरजग्गा व्यवसाय समस्याग्रस्त बनेको भन्दै उनले निजी क्षेत्रलाई सहज वातावरण बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए ।

यस्तै नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्ष इञ्जिनियर दीपक कुँवरले प्रदर्शनीले जग्गा, आवास तथा निर्माण क्षेत्रका व्यवसायी, उपभोक्ता र सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क तथा संवादको अवसर सिर्जना गरेको बताए । प्रदर्शनीमा उत्साहजनक सहभागिता रहेको तथा सञ्चारमाध्यमको सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरे । 

जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले हदबन्दीका कारण घरजग्गा बिक्री तथा कारोबारमा कठिनाइ भइरहेको उल्लेख गर्दै घरजग्गा तथा आवास क्षेत्रलाई उद्योगकै रूपमा हेरेर नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । चार दिनसम्म भृकुटीमण्डपमा सञ्चालन भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा जग्गा, आवास, निर्माण सामग्री, प्रविधि, फर्निचर तथा सम्बन्धित सेवाका विभिन्न कम्पनी तथा संस्थाले सहभागिता जनाएका थिए । 

ताजा खबर

सम्बन्धित खबर