२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेसनल लाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच जीवन बिमा सम्झौता

Nada
२०८३ भदौ ३१ गते २१:०१
Shares
नेसनल लाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच जीवन बिमा सम्झौता

काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बिमासम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

ncell

सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीको जीवन सुरक्षालाई लक्षित गरी जीवन बिमा सुविधा उपलब्ध गराइनेछ ।

कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीलाई बिमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारी उपस्थित थिए । कार्यक्रममा सहभागी पदाधिकारीले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बिमाको महत्त्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त  गरे । 

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बिमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर